AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा ठूला दलबाट एक मात्र महिला उम्मेदवार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७४, बिहीबार २०:११
3
Shares
विराटनगर, १६ कार्तिक/ मोरङमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ १८ निर्वाचन क्षेत्र रहेकोमा ठूला दलबाट एक जना मात्र महिला उम्मेदवार बनेकी छन् ।

प्रतिनिधिसभाका ६ क्षेत्र र प्रदेशसभाका १२ क्षेत्रमध्ये क्षेत्र नं. ३ को क प्रदेशसभामा माओवादी केन्द्रकी गीता तिम्सिना (अनु) एक मात्र महिला उम्मेदवार बनेकी हुन् ।

जिल्लामा नेकपा एमाले र नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक जना पनि महिलालाई उम्मेदवार बनाएनन् । मधेस केन्द्रीत दलहरुबाट पनि महिला उम्मेदवार बनेका छैनन् । चुनाबका आकांक्षी रहेपनि सबै महिला नेतृहरु अन्तिम समयमा बाहिरिएका छन् ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य रहेकी तिम्सिना जनयुद्धको समयदेखिनै माओवादीमा सक्रिय महिला नेतृ हुन् । अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिब रहिसकेकी उनी हाल माओवादी केन्द्रको जिल्ला सह–सचिब हुन् । मोरङको बेलबारी निवासी तिम्सिना बाम गठबन्धन मात्र नभएर प्रमुख दलहरुकी एक मात्र महिला उम्मेदवार बनेकी छन् ।

क्षेत्र नंं. ५ को ख नेपाली काँग्रेसबाट जस्मिन मण्डल प्रदेशसभातर्फ आकांक्षी रहेपनि उनले उम्मेदवारी नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । उनी राजपाका नेता बद्री मण्डलकी भतिजी हुन् । मण्डलले भने राजपाबाट क्षेत्र नं. ५ को प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर