AArya
RUMPUM
animated ellipse animated ellipse

ठूला नेताको रोचक भिडन्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०७४, मंगलवार १७:१२
3
Shares
विराटनगर, १४ कार्तिक/ मोरङ क्षेत्र नं ६ बाट बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

आगामी मंसिर २१ गते हुने दोस्रो चरण अन्तरगत हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रिय तहमा पकड बनाएका ठूला नेता बिच मोरङ क्षेत्र नं ६ मा प्रतिस्पर्धा हुने भएको हो ।

मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसबाट डा शेखर कोइराला र वाम गठबन्धनबाट लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यमा चुनावी मैदान उठने लगभग निश्चित भएको छ ।

कोइरालाले यसअघिका दुई चुनावमा सो क्षेत्रबाट चुनाव जितेका छन् भने पण्डित पहिलो पटक सो क्षेत्रबाट उम्मेदवार बन्दैछन् ।

कांग्रेसका भावी सभाापतिका रुपमा हेरिएका कोइरालालाई विजयकुमार गच्छदारको पार्टी प्रवेश गरेपछि केही सहयोग पुगेको छ भने स्वच्छ छवि भएका वामगठबन्धनका उम्मेदवार लालबाबु पण्डितपनि लोकप्रिय उम्मेदवार हुन् । सामान्य प्रशासन मन्त्री रहदा पण्डितले लोकप्रियता कमाएका छन् ।
क्षेत्र नं ६ मा वामगठबन्धनको मत कांग्रेसको भन्दा केही कम छ तर सादा जीवन उच्च विचारका कारण पण्डितको पक्षमा स्वतन्त्र मतदाताको जनमत जानसक्ने कतिपयको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर