animated ellipse animated ellipse

कार्यकर्ताद्वरा गठबन्धनलाई सहयोग नगर्ने उदघोषः

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७४, सोमबार १७:१५
3
Shares
उर्लाबारी, १३ कार्तिक/ नेकपा एमालेले मोरंग क्षेत्र नम्बर १(क)मा उम्मेद्वार नउठाएको विषयलाई लिएर पार्टीका सबै जनवर्गीय संगठनले विरोध जनाएका छन् ।

सोमबार उर्लाबारी स्थित एमाले पार्टी कार्यालयलमा प्रेस विज्ञप्ति जारी गर्दै भातृसंगठनका स्थानीय कमिटीले विरोध गरेका हुन् ।

वामगठबन्धन गरी चुनावमा होमिएपछि एमालेले मोरंग क्षेत्र नम्बर १ (क)माओवादीका लागि छाडिदिएको छ । जसका कारण स्थानीय स्तरमा एमाले कार्यकर्तामाझ आक्रोश चुलिएको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ–‘एमाले बलियो रहेको क्षेत्रमा उम्मेदवार खाली राखेकोमा हाम्रो आपत्ति हो । नेकपा एमालेभित्र लोकप्रिय,प्रभावशाली र सक्षम व्यक्ति हुँदाहुदैँ गठबन्धनको नाममा एमालेका आकांक्षीलाई पाखा लगाएर अर्को पार्टीलाई प्रदेश सुम्पिएको हुँदा यस क्षेत्रका कार्यकर्ताहरु हतोत्साहित भएका छन् ।

उम्मेदवारको सन्तुलन नमिलाइएको कारण निकट हार व्यहोर्नुपर्ने ठहर गरी यथाशिघ्र निर्णय सच्याउन हामी पार्टीका माथिल्लो कमिटीलाई आग्रह गर्दछौ । ’

कार्यकर्ताको आग्रहलाई वेवास्ता गरेको खण्डमा कुनैपनि चुनावी कार्यक्रममा सहभागी नहुने भन्दै सयौँको सख्ंयामा भेला भएका कार्यकर्ताहरुले चेतावनी दिएका छन् । विज्ञप्तिमा उर्लाबारीका यूवा संघ,अनेरास्वीयु,अखिल नेपाल महिला संघ,किसान महासंघ,व्यपार व्यवसाय सम्बन्धित भातृ संगठन,शिक्षक÷प्राध्यापक सम्बद्ध संगठन,मजदुर सम्बद्ध संगठन,प्रेस चौतारीलगायतका संघ संस्थाका अगुवाको हस्ताक्षर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर