खबर पूर्वाञ्चल
नेपाल विद्यालय भलिबल कमिसन मोरङले जिल्लाभरीको खेलाडी छनौट गरि विराटनगरमा बिदाई कार्यक्रम राखि उनीहरुलाई काठमाण्डौतर्फ प्रस्थान गरेका हुन् ।
भलिबल प्रशिक्षक देवेन्द्र भण्डारीको नेतृत्वमा मोरङबाट राष्ट्रिय प्रतियोगिताको लागि १२ जना खेलाडी काठमाण्डौतर्फ प्रस्थान गरेको नेपाल विद्यालय भलिबल कमिसन मोरङका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए । भलिबल कमिसनको केन्द्रीय कार्यालयको आयोजनामा हुने प्रतियोगितामा मोरङबाट प्रस्थान भएका खेलाडीहरुलाई कमिसनको मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, सचिब अर्जुन श्रेष्ठ, भलिबल संघका जिल्ला अध्यक्ष हरिसचन्द्र कोइराला, क्षेत्रिय सचिव हरी सिवाकोटी र कमिसनको पदाधिकारीहरु केदार पौडेल, विष्णु डंगोल, हिरा थापा, नन्दलाल मण्डलले विदाई गरेका थिए ।