खबर पूर्वाञ्चल
सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर त्रिशूली नदीमा खसेको थियो । मृतकमध्ये ३० जनाको सनाखत भएको छ । जसमध्ये ११ जना पुरुष, ८ जना महिला, बालक–५,बालिका–५ जना रहेका छन् । १ जना मृतकको अझै सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परेर तिलाठीका पण्डित रमानाथ झाको परिवारका पाँच सदस्य सोहि बसमा परेर मृत्यु भएको छ । उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव र छोरा अन्जितको ज्यान गएको छ ।
यस्तै संजीतका सालो बिटुको पनि दुर्घटनामा निधन भएको छ । संजीतका ४ वर्षिय छोरा प्रतिक र साली पूजाकुमारी झा अझै वेपता छन् ।
यस्तै बोदेबर्साइन नपा ३ फुलहारा निवासी शिक्षक चतुरनारायण प्रमाणीका चार छोरीको निधन भएको छ । छठ पर्व मनाएर काठमाडौं फर्किँदै गरेका निधन भएको हो ।
बोदे बरसाइनकै दुर्गानन्द यादव परिवारका ४ सदस्य तथा कृष्णाश्रवरणका योगेन्द्र यादवकी श्रीमती र छोरीको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेको बसलाई साँझ मात्र क्रेनको सहायताले बाहिर निकालिएको थियो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको थियो ।
तपाईको प्रतिक्रिया