खबर पूर्वाञ्चल
‘नाता तोड्यौ’, ‘यो माया हो’, ‘यहि हो मेरो तेह्रथुम जिल्ला’, ‘पहाडकी रानी’, ‘चासोक तङनाम’, ‘पहिलो भेटमा देखे तिमीलाई’ र ‘यो जीवन तिमी बिना अधुरो’ बोलका गीतहरु समावेस छन् । जसमध्य पहिलो भेटमा देखे तिमीलाई, पहाडकी रानी, यो जिवन तिमी बिना अधुरो गीतका म्युजिक भिडियो समेत तयार भइसकेका छन् ।
भिडियोमा गीतकार बिष्णु कुमार ईङनाम, रेखा फागो, टिआर सेनेहाङ, मीना मादेङले अभिनय गरेका छन् ।
जिवनका उतारचडावलाई समेटेर यसका बिषेशता बोकेका ६ वटा गीतहरु तयार गरि “यो जीवन” नाम दिएर गीतकार ईङनामले दर्शक श्रोतामाझ पहिलोपल्ट आफ्नो एकल प्रयासमा एल्वम प्रस्तुत गरेका हुन् । उक्त गीतहरुमा माया प्रेमको भावलाई समेट्दै, आफ्नो जिल्लाको चिनारी तथा लिम्बु संस्कार संस्कृति लगायतको भाव झल्कने शब्दहरुको रचना रहेको गीतकार ईङनामले बताएका छन् ।
गीत लेखनसँगै मोडलिङमा पनि सक्रिय उनले एल्वममा समावेश गीतहरु मध्य ४ वटामा आफैले मोडलिङ गरेका छन् भने बाँकी निर्माण हुने २ वटामा गीतमा भने अन्य कलाकारहरुलाई देख्न सकिनेछ । तेह्रथुम ईवा पुख्र्यौली घर भएका ईङनाम हाल झापाको गौरादहमा स्थाई घर भई हाल हङकङमा कार्यरत रहेका छन् ।