RUMPUM
animated ellipse animated ellipse

घाटको फोहोर सफा नगर्दा ब्रतालुहरू चिन्तित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७४, बुधबार १४:०५
3
Shares
विराटनगर, ८ कार्तिक / सूर्यको आरधना गरी मनाइने छठ पर्व सुरु भइसकेपनि विराटनगरमा राजमार्गको पूर्वतर्फ पर्ने सिंघिया खोला र पश्चिम तर्फको सुनसरी मोरङ सिंचाइ आयोजनाको नगरमा घाटको फोहोर सफा नगर्दा छठ मनाउने ब्रतालुहरू चिन्तित बनेका छन् ।

सिंघिया खोलालाई श्रृगार्दै ब्रतालु

विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ मनाईने यो पर्वमा खोला, पोखरी वा नहरहरूमा घाट बनाएर मनाउने गरिन्छ । यो पर्वमा खोला भित्रबाट अस्ताउँदो सूर्यलाई र अर्काे दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पुजा गरी मनाईन्छ ।

पर्वको तयारी गरेपनि नहरमा अत्याधिक फोहोर हुँदा छठ मनाउने ब्रतालुलाई समस्या परेको छ । पवित्र स्थानमा मनाउने पर्व फोहोरमा मनाउनु पर्दा आफूहरू दुःखी भएको उनीहरूको भनाइ छ । नहरमा छठ पुजा गर्नको लागि विभिन्न कमिटिहरू गठन गरी चन्दा समेत उठाएपनि सफाइको काम नभएको ब्रतालु बुधनी देवीले बताइन् ।

ब्रतालुहरूले छठपुजाको लागि नहर वरीपरी सिंगारेर राम्रो बनाएका छन् । तर, नहरको पानी फोहरै फोहोर छ । फोहोर पानीमा पसेर सूर्य देवतालाई अर्घ चढाउँदा आफूले चिताएको पुग्ने भन्दा नचिताएको रोगले भेट्ने डर ब्रतालुको छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउँदो सुर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ चडाई पूजा गर्ने चलन छ ।
छठ पर्व तराईको संस्कृतिमा आधारित छ । यो मूलतः मधेसको प्रतिक पनि हो । पहिला तराईवासीमा मात्र सीमित यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर