पूर्वाञ्चल खबर
झापा दमकको बेलडांगी, मधुमल्ला हुदै पाँचथरको कन्याटार सम्म मोटर गाडी नियमित रुपमा गुड्न थालेको हो । यो सडकमा नियमीत रुपमा दुई वटा ट्याक्सि गुड्न थालेपछि यात्रुहरुलाई सहज भएको छ । केही समय अगाडि सो ठाउँमा एम्बुलेन्स पु¥याइएको थियो । त्यसपछि नियमित रुपमा रुटमा दुई वटा ट्याक्सि गुडाउन थालेको ट्याक्सि ब्यवसायी पुर्ण श्रेष्ठले जानकारी दिए । हाललाई दुई वटा ट्याक्सि मात्र नियमित सञ्चालन गरे पनि बाटोको अझै स्तरोन्नती पछि अन्य यात्रुवहाक गाडी पनि हालिने उनले बताए ।
माटो बाटो रहेकोले पानी पर्दा भने गाडी सञ्चालनमा कठिनाई आउने गरेको श्रेष्ठको भनाई छ । ट्याक्सि नियमित रुपमा सञ्चालनमा रहे पनि सो सडकखण्डमा अझै स्तरोन्नती गर्नु पर्ने उनले बताए । सडक उपभोक्ता समितीका अध्यक्ष दिपक श्रेष्ठले सो सडक खण्डको सिस्नेको ट्रनिङ, भ¥याङ्गे, दारबनीको धारे र भर्ला बोटे भन्ने स्थानमा अत्यन्तै उकालो भएकोले त्यसलाई अझै सुधार्नु पर्ने बताए । त्यस्तै दुई चार ठाउँको मोहडा साँघुरो भएकोले त्यसलाई चाँडै नै बढाउने तयारी समेत रहेको बताए ।
यसै गरि सोही सडकमा आज मधुमल्लाका ट्याम्पो ब्यबसायी एवं चालक प्रकाश अधिकारी ले चुलाचुली–६ स्थित साकफारा सम्म ट्याम्पो र्पुयाएका छ्न ।
अनेक बिबाद र समस्याका बिच यस सडकखण्ड ४५ बर्ष पछि पाँचथरको रबि सम्म जोडिए पछि पहाडि जिल्ला ईलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ क्षेत्रका बासिन्दालाई छोटो समयमा तराई झर्न सहज भएको छ । तराईबाट एउटा पनि पुल र कल्भर्टको प्रयोग नगरि सहजै पहाडी जिल्लाको यात्रा गर्ने एकमात्र मार्ग भएकोले स्थानीयबासी एकदमै खुशी भएका छन् । अहिले यो सडक खण्डमा नियमित जसो मोटरसाईकलहरु गुड्न थालेका छन् भने दुई वटा ट्याक्सिले नियमित जसो तराई तथा पहाडका यात्रुहरु ओसापसार गर्न थालेपछि चहल पहल बढ्न थालेको छ ।