animated ellipse animated ellipse

पथरीशनिश्चरेमा दुर्गा मन्दिर उद्धघाटन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०७४, बिहीबार २१:०५
3
Shares
गोपाल काफ्ले
पथरी, २ कार्तिक /मोरङको पथरीशनिश्चरेमा रहेको इलाका प्रहरी कार्यालयमा नव दुर्गा भवानिको मन्दिर उद्धघाटन भएको छ ।

नव निर्मित दुर्गा माताको मन्दिर लक्ष्मि पुजाको दिन पारेर आज मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले रिवन काटेर उद्धघाटन गरे । ईलाका प्रहरी कार्यालय पथरीका निरिक्षक राजन कार्कीको पहलमा पथरीशनिश्चरे सुन चाँदी ब्यावसायीक संघले उक्त मन्दिरको निर्माण गरेको हो ।

कार्यक्रममा पुर्व सांसद चण्डीप्रसाद राई नगर प्रमुख दिलिपकुमार राई, समाज सेवी बिरबहादुर बस्नेत, सुन चाँदी ब्यावसायीक संघ तथा राजनितीक दलको उपस्थिती रहेको थियो ।

उद्धघाटन कार्यक्रमको सभापतीत्व मन्दिर निर्माण समितीका अध्यक्ष तथा सुन चाँदी ब्यावसायीक संघका अध्यक्ष माधव कोईरालाले गरेका थिए । सुन चाँदी ब्यावसायीक संघको अनुमानित ५ लाखको लगानी रहेको मन्दिरमा पथरी इलाका प्रहरीले श्रम दान रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर