खबर पूर्वाञ्चल
यूवा पुस्ताहरुले बेवास्ता गरेपनि मोरङको डाँगीहाट ९ स्थित माझिगाँउका धिमाल महिलाहरुले भने घरमै बसी बसी पेटानी बुनेर आम्दानी गर्दै आएका छन् ।
आधुनिक पोसाकहरुको चापले धिमाल जातीको परम्परागत पोसाक पेटानी ओझेलमा परेको छ । पछिल्लो समय नयाँ पुस्ताका यूवा यूवतीहरुले अन्य पोसकलाई जस्तो पेटानीलाई त्यति रुचिका साथ लगाउँदैनन् । जसले गर्दापनि आफुहरुको परम्परागत पोसाकहरु आझेलमा पर्दै गएको मोरङको डाँगीहाट ९ माझिगाँउकी मनिता धिमाल बताउछिन् ।
आफुहरुले सानैमा आफ्ना अभिभावकबाट पेटानी बनाउन सिकेको भएपनि आफ्ना छोराछोरीहरुले भने बेवास्ता गर्ने गरेको उनको भनाइ छ । धिमाल जातीहरुको विवाह, ब्रतबन्धलगायत चाडपर्वहरुमा परम्परागत पोसाक अनिवार्य लगाउनु पर्ने उनको भनाइ छ । यूवा पुस्ताहरुले बेवास्ता गरेपनि माझिगाँउका धिमाल महिलाहरुले घरमै बसी बसी पेटानी बुनेर आम्दानी गर्दै आएका छन् ।
विवाह ब्रतबन्धलगायतका कार्यहरुमा पेटानी अनिवार्य भएकाले पनि आफुहरुले राम्रै आन्दानी गर्ने गरेको माझिगाँउकी बिन्दु धिमाल बताउँछिन् ।
एउटा पेटानीलाइ १५ सय देखि दुई हजार सम्ममा बिक्रि गर्ने गरेको उन बताईन् । अधिकांश माझि समुदायहरुको बसोबास रहेको डाँगीहाटको माझिगाँउमा लगभग ३० घरपरिवार धिमाल समुदायहरुको छ । यहाँका अधिकांश महिलाहरु बिहान बेलुकाको काम सकेर दिउँसो घरमै बसीबसी पेटानी बनाउने गर्छन् ।
आफुहरुले बनाएको पेटानी पथरी, बेलबारीलगायतका स्थानिय बजारहरुमा मै बिक्रि हुने गरेको उनिहरु बताँछन् । आर्थिक र सामाजिकरुपमा पछाडि रहेका धिमाल समुदायका महिलाहरुको परम्परागत पहिरन पेटनीलाई मौलिक उत्पादनका रुपमा विकास गर्न सके धिमाल महिलाहरुहरुपनि आर्थिक र सामाजिक रुपमा सवल हुन सक्छन् ।