पूर्वाञ्चल खबर
आयोजक डाँगिहाट रातोलाई २ का बिरुद्घ ४ गोल गर्दै पराजित गरी धनकुटा उपाधी चुमेको हो ।
दुबैतर्फबाट राष्टिय खेलाडीले भरिएको खेलमा खेलको ५ औ मिनेटमा धनकुटाका भरत खवासको पासमा बुद्ध चेम्जोङले गोल गर्दै खाता खोलेका थिए । खेलको १६ औ मिनेटमा बिमल घर्तिमगरले हानेको कर्नरलाई बिजय धिमालको क्रसमा दिपक राईले उत्कृष्ट हेड गर्दै खेल बराबरी बनाए ।
निकै रोचक र आक्रमक खेलमा दोस्रो हाफको ४८ औ मिनेटमा धनकुटाका खमिर गिल्सनले सानो डिबक्स भित्रको रि–बाउड भएको वलमा गोल गरे भने २ मिनेट बित्न नपाउदै ५० औ मिनेटमा धनकुटाका भरत खवासले अर्काे गोल थप्दै खेल ३–१ को अग्रता बनाए ।
दर्शकको साथ पाएको आयोजकले ६२ औ मिनेटमा बिमल घर्तिमगरले १ गोल गर्दै खेल २– ३ अन्तरमा झारे भने खेलको ७२ औ मिनेटमा खमिर गिल्सनले पुन गोल गर्दै धनकुटालाई ४–२ को अन्तरमा उपाधी दिलाए ।
खेलको म्यान अफ द फाइनल धनकुटाका भरत खवास,बेष्ट प्रशिक्षक धनकुटाका मणि चेम्जोङ राईजिङ प्लेयर डिएफसिका नवीन गुरूङ,बेष्ट गोल किपर धनकुटाका दिनेश थापामगर, बेष्ट डिफेन्डर धनकुटाका देबेन्द्र मगर, बेष्ट मिडफिल्डर डिएफसीका विशाल राई ,बेष्ट फर्वड डिएफसीका दिपक राई र हाई स्कोर र म्यान अफ द सिरीज धनकुटाका योगेस गुरूङ घोषित भए ।
गोल्डकप बिजेता धनकुटाले नगद १ लाख ५१ हजार ट्रफि तथा प्रमाण पत्र र उपबिजेता आयोजकले नगद १ लाख १ हजार ट्रफी तथा प्रमाण पत्र हात पारेका छन् ।