AArya
RUMPUM
animated ellipse animated ellipse

प्रेस चौतारी मोरङद्धारा शुभकामना आदान प्रदान(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ आश्विन २०७४, मंगलवार १८:४१
3
Shares
विराटनगर, ३१ असोज । प्रेस चौतारी मोरङले आज शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

शुभदीपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमाले पोलिटव्युरो सदस्य लालवावु पण्डित, एमाले मोरङका पुर्व अध्यक्ष महेश रेग्मी, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई , प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारी, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, एमाले . मोरङका उपाध्यक्ष रामलाल साह, वुद्धिजीवि मोरङका अध्यक्ष टीकाराम पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बरिष्ठ लोक गायक तुलसी पराजुली, जनसाँस्कृतिक महासंघ मोरङका अध्यक्ष संजीव धिमाल, कलाकार दीपेन्द्र थापा, प्रकृति थपलियालगायत उपस्थीती नेता, पत्रकार, पत्रकारका परिवार र उपस्थीती अन्यले समेत कार्यक्रममा मनोरञ्जन प्रस्तुत गरेका थिए ।

प्रेस चौतारी मोरङले ७ वर्षदेखि दीपावलीका अवसरमा शुभकामना आदान प्रदान गर्दै सेल रोटी खुवाउने कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा पत्रकार, पत्रकारका परिवारलगायतको उपस्थिती रहेको थियो ।

तस्वीर -पुष्पराज थपलीया/ खबर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर