animated ellipse animated ellipse

एपिएफ झापालाई हराउदै आयोजक फाईनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ आश्विन २०७४, आईतवार २०:५३
3
Shares
गोपाल काफ्ले
पथरी, २९ असोज / मोरङको बेलबारी १० भाउनेको खेल मैदानमा सुरु भएको दोस्रो डाँगिहाट गोल्डकप २०७४ मा आयोजक डिएफसि रातो बिजयी फाइनलमा प्रवेश गरेको छ ।

झापाको एपिएफलाई १ का बिरुद्घ २ गोलले पराजित गरी आयोजक फाइनलमा प्रवेश गरेको हो । ६ जना राष्टिय खेलाडी लिएर मैदान उत्रिएको आयोजकले खेलको ३२ औ मिनेटमा बिमल धर्तीमगरको पासमा दिपक राईले सुन्दर हेड गर्दै गोल गरे । दोस्रो हाफको ६७ औ मिनेटमा बिमलकै पासमा सुजल श्रेष्ठले गोल गर्दै २ गोलको अग्रता बनाए भने ६८ औ मिनेटमा एपिएफका बुद्धिमान राईले किपर किशोर गिरिलाई बिटमार्दै गोल गरे ।

दोस्रो हाफमा निकै दबावमा राखेको आयोजकले निकै राम्रा अवसरहरु गोल गर्नबाट चुकेका थियो । बिमल धर्तिमगर, सुजल श्रेष्ठ, रजिन धिमाल, अन्नत तामाङ, प्रकाश बुढाथोकी, विशाल राई, दिपक राईसहित मैदानमा उत्रिएको आयोजकले दर्शकको साथ पाएन्न । दर्शकको हुटिङ पाएको एपिएफले गोल गर्न निकै अवसर पाएपनी गोल थप गोल गर्न नसक्ता पराजित हुनु पर्याे ।

खेलको म्यान अफ द म्याच आयोजकका दिपक राई घोषित भए ।
खेलमा आयोजकका रजिन धिमाल, दिपक राई र दिनेश राजबंशीले एल्लो कार्ड पाए भने एपिएफका सुमिन आलेमगर र निशान लिम्बुले कार्ड पाए त्यस्थै एपिएफका मेनेजर नारायरण थापालाई अनुसासन तोडेको भन्दै रेफ्री श्याम दनुवारले खेल मैदान बाहिर निकाले ।
भोलिको दोस्रो सेमिफाईनल खेल डिएफसि निलो र रारा धनकुटा बिच हुनेछ ।

डाँगिहाट युथ क्लवको आयोजकमा सुरु भएको गोल्डकप बिजेताले नगद १ लाख ५१ हजार ट्रफि तथा प्रमाण पत्र र उपबिजेताले नगद १ लाख १ हजार ट्रफी तथा प्रमाण पत्र प्रप्त गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर