animated ellipse animated ellipse

आर्थिक अभावले उपचारबाट बञ्चित बालिका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ आश्विन २०७४, शनिबार २२:०९
3
Shares
उर्लाबारी, २८ उर्लाबारी /उर्लाबारी–१ झारसाँदीकी एक बालिका आर्थिक अभावका कारण उपचारको पर्काइएमा छिन् ।

असोज १३ गते तातो पानीमा अचानक परेपछि सिकिस्त बनेकी दुई वर्षिय आश्मा महतोको उपचार हुन सकिरहेको छैन ।

कमजोर आर्थिक अवस्था भएकी स्थानीय कुमारी महतोकी कान्छी छोरी यी बालिकाको शरिरको बाँया भाग पुरै जलेको छ । बालिकालाई सामान्य उपचार गरेर घरमै राखिएपछि स्थानीयवासीले बालिकाको उपचारका लागि सबै समक्ष सहयोगको अपिल गरेका छन् ।

महतो परिवार झारसादीमा दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका छन् । संसार देख्न पाउने उमेरमा बालिकाको यो अवस्था हेरेर उपचार गराउनका लागि पीडितले आग्रह गरे ।

आर्थिक अभावले छोरीको उपचार गराउन नसकेर घरेमा राखेको छु,आमा कुमारीले भनिन्‘ उपचारमा सहयोग भए छोरी निको हुने थिई । बालिकाको उपचारमा सहयोग तथा थप जानकारीको लागि उर्लाबारी नगरपालिकाका प्रेस संयोजक इश्वर भट्टराईलाई ९८१६३१७२९९ मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर