AArya
RUMPUM
animated ellipse animated ellipse

प्रतिनीधी र प्रदेश स सभाको निर्वाचन उत्सवको रुपमा सम्पन्न हुन्छ -उपराष्ट्रपति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ आश्विन २०७४, शुक्रबार १७:३४
3
Shares
विराटनगर, २७ असोज / उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग)ले स्थानिय तहको निर्वाचन जस्तै गरि प्रतिनिधी र प्रदेश सभाको निर्वाचन पनि ठूलो उत्सवको रुपमा सम्पन्न हुने बताए ।

विराटनगरमा आजदेखि शूरु भएको तेस्रो क्षेत्रिय स्काउट ज्याम्बोरेटको औपचारिक उद्घाटन गर्दै उपराष्ट्रपति पुनले निर्वाचन स्वतन्त्र र भयरहित बातावरणमा सम्पन्न गर्न सबै पक्ष गम्भिर रुपमा लाग्नु पर्ने बताए ।

विराटनगरको कोशी विद्या मन्दिरका विद्यार्थीहरुले स्वागत नृत्य गर्दै ।

तोकिएकै समयमा निर्वाचन भए संविधान कार्यन्वयनले सुखद रुपमा पूर्णता पाउने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरे । देश चुनावमय भइरहेको जानकारी दिदै उपराष्ट्रपति पुनले संघ र प्रदेश सभाको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सबै राजनैतिक दल लाग्न आग्रह गरे । उनले सम्पूर्ण जनतालाई निर्वाचनमा सहभागि भइ आफ्नो सार्भाउसाअधिकार प्रयोग गर्न विशेष रुपमा आग्रह गरे ।

उनले ज्याम्बोरेटमा स्काउटर बालबालिकाहरुले प्रर्दशनी गर्ने विभिन्न पहिचान युक्त खेलहरुले अनेकतामा एकता कायम गरि भाइचाराको विकास गर्न ठूलो मद्दत मिल्ने बताए । ‘भोलीको राष्ट्र निमार्णको शक्ति आजको युवाहरु नै हो,’ उनले भने, युवालाई जीवन उपमुखी तथा जनमुखी शिक्षाबाट शिकक्षीत बनाए देश समृद्धीको दिशमा अगाडी बढदछ ।’ देश विकासको लागि प्रत्येक युवामा मैले के गर्छु भन्ने भावनाको विकास भए देश समृतीतर्फ उन्मुख हुने उनको भनाई थियो । उनले स्काउट शिक्षाले राष्ट्र निमार्णमा जागृत गर्ने भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

सोही अवसरमा ज्याम्बोरेटको संयोजक नवलप्रसाद उपाध्यायलाई उपराष्ट्रपति पुनले ‘नेपाल स्काउट विपद उद्धार पदक २०७३’ ले सम्मान गरे । कार्यक्रममा विराटनगर महानगरपालिको प्रमुख भिम पराजुली र नेपाल स्काउटको मुख्य आयुक्त रविन दाहालले बोलेका थिए ।

कार्यक्रममा सहभागि जिल्लाको स्काउटले मार्च पास गरी उपराष्ट्रपतीलाई सलामी अर्पण गरेका थिए । सोहि अवसरमा विराटनगरको कोशी विद्या मन्दिरका विद्यार्थीहरुले स्वागत नृत्य गरेका थिए । तस्वीरहरु पुष्पराज थपलिया /खवर पूर्वाञ्चल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर