खबर पूर्वाञ्चल
पाँच दिनसम्म सञ्चालन हुने ज्याम्बोरेटमा देशका बिभिन्न ३५ जिल्लाका ३ हजार पाँच सय स्काउटर बालबालिकाहरु भेला हुने बताइएको छ ।
असोज ३० गतेसम्म सञ्चालन हुने जेम्बोरेटमा पुर्व मेची देखि पश्चिम महाकालीसम्मका ३५ जिल्लाका स्काउटर बालबालिकाहरु भेला हुने भएको कार्यक्रम संयोजक नवलप्रसाद उपाध्ययले जानकारी दिए । ज्याम्बोरेटको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने बताइएको छ ।
जेम्बोरेटमा बिभिन्न जिल्लाका १३ देखि १६ बर्ष उमेर समुहका स्काउटर बालबालिकाहरुले सहभागीता जनाउने र त्यसकालागि सबै तैयारी पुरा भैसकेको जेम्बोरेट आयोजक समितिका स्काउटर शिवकुमार पौडेलले बताए । बिराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा अयोजना भैरहेको जेम्बोरेटमा सहभागी स्काउटर बालबालिकाहरुले बिभिन्न साहसीक, साँस्कृतिक र मनोरन्जनात्मक कलाहरु प्रर्दशन गर्नेछन् । बिभिन्न जिल्लाबाट जेम्बोरेटमा सहभागी हुन आएका स्काउटर बालबालिकाहरु पाँच दिन जेम्बोरेट स्थलमै वेश क्याम्प बनाएर आफै खाना बनाएर वास बस्नेछन् ।
जेम्बोरेटकालागि मोरङग क्पाम्पस हातामा ४० वटा वेश क्याम्पहरु निर्माण गरेको कार्यक्रम संयोजक उपाध्यायले जानकारी दिए । जेम्बोरेटलाई सफल बनाउन नेपाल प्रहरी र शसस्त्र प्रहरीले बाहिरी घेरामा सुरक्षा दिने आयोजकले जनाएको छ ।
जेम्बोरेटले राष्टिय एकताको भावना जगाउन र स्काउटर बालबालिकाहरुमा आपत बिपतमा सहयोग गर्ने स्वयंसेबी कार्यकालागि आत्मबिश्वास बढाउन सहयोग पु¥याउने आयोजकको दाबी छ ।