AArya
RUMPUM
animated ellipse animated ellipse

दश लाख मूल्य बराबरको काठ बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ आश्विन २०७४, मंगलवार २०:०६
3
Shares
विराटनगर, २४ असोज/ इलाका प्रहरी कार्यालय रंगेलीले काठ सहित दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

आज प्रहरीको गस्ती टोलीले बक्राहा खोलाबाट अवैध सखुवा जातको काठ (गोलिया) उत्खनन गरी लैजादै गरेको अवस्थामा रंगेली नगरपालिका –६ स्थित स्थानमा को.२ त. ४८६६ नं को ट्याक्टरमा सखुवाको गोलिया १३ थान र मे.१ त.५३८६ नम्मरको ट्याक्टरमा १९ थान गरी अन्दाजी १० लाख बराबरको १७९.५ क्युविक फिट सखुवाको बरामद गरेको हो ।

काठ रंगेलीतर्फ ल्याउदै गरेको अवस्थामा फेला अवैध काठ सहितको ट्याक्टर र चालक सुनबर्षी नगरपालिका –५ बस्ने बर्ष १८ का पंकजकुमार मण्डल र अमितकुमार दासलाई समेत आवश्यक कारवाहीको लागी जिल्ला समन्वय समितिमा बुझाएको प्रहरीले जनाएको छ ।

यसैगरी ईप्रका बेलबारीबाट खटिएको टोलीले अबैध मदिरा बरामद गरेको छ । चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को.१ख.२१०९ नम्मरको बसमा अबैध घरेलु मदिरा ४० लिटर सहित बस चालक झापा कमल गाँउपालिका वार्ड नं. ४ का ३२ बर्षिय राजु फुयल समेतलाई नियन्त्रणको छ । इलाका प्रहरी कार्यालयले विभिन्न मितिमा ३सय ७८ लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर