AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ आश्विन २०७४, मंगलवार १९:११
3
Shares
काठमाडौं,१७ असोज /नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन आहृवान पनि गरेका छन् । सहमतिकर्ता दलका नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । एमाले र माओवादी एकतामा बाबुराम मिसिए प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको पूर्वसंध्यामा एमाले र माओवादीले चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने सहमति गरेका थिए । त्यसको घोषणासभाको तयारी हुँदै गर्दा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति थपिएको छ ।

तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएको छ । यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरिएको छ । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् ।

पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहनेछन् ।

पार्टी एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषयहरु टुंग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिका आधारमा निर्णय गर्नेछ । साथै पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ ।

६० र ४० को भागवण्डा तीन दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति पनि गरेका छन् । साथै चुनावमा सहकार्य गर्न लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई आहृवान गरेका छन् । नेताहरुका अनुसार संघीय फोरमसँग चुनावी तालमेलबारे सकारात्मक छलफल चलिरहेको छ ।

तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश यस्तो छ
–तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।

–समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने ।

–पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।

–अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने ।

–आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।

–निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।

–निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर