RUMPUM
animated ellipse animated ellipse

दोस्रो हिमाल च्यालेन्ज कप डियर क्लवलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७४, शुक्रबार २०:२०
3
Shares
गोपाल काफ्ले
पथरी, १३ असोज / हिमाल युनाईटेड फुटवल क्लवले बडा दशै, दिपावली तथा छैट पर्व अवसरमा आयोजना भएको दोस्रो हिमाल च्यालेन्ज कप डियर क्लव तरहराले जितेको छ ।

आज भएको फाइनल खेलमा ए.पि.एफ झापालाई शुन्यका विरुद्ध एक गोलले हराउदै डियर क्लव तरहरा सुनसरीले उपाधि चुमेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ५९ मिनेटमा डियर क्लव तरहराका यूवराज राईले गरेको गोलनै निर्णानायक गोल भएको थियो ।
खेलको म्यान अफ द म्याच निर्णायक सुनसरीका युवराज राई घोषित भए भने म्यान अफ द सिरिज ए.पि.एफका बुद्घिमान राई, बेष्ट डिफिरेन्स डियर क्लवका निलम राई र बेष्ट गोल किपर डियर क्लवकै सनम राई घोषित भए ।

जितसगै विजेता डियर क्लव तरहरा सुनसरीले नगद ५० हजार र ट्रफि प्राप्त गरेको छ भने उप विजेता ए.पि.एफ. झापाले नगद ३० हजार र ट्रफी प्राप्त गरे । विजेता तथा उप विजेता टोलीलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद कर्मचारी सघका अध्यक्ष रन्जन थापाले पुरस्कार बितरण गरे ।

आठ टिमको सहभागीता रहेको प्रतियोगितामा ग्रामिण सुधार सामुदायीक बनले प्रथम पुरस्कार प्रायोजन गरेको छ भने पर्ल एकेडेमी बोर्डिङले दोस्रो पुरस्कार सौजन्य गरेको छ । प्रतियोगितामा २ जना वृद्धाहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर