खबर पूर्वाञ्चल
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रर्दशन हुने जानकारी दिइएको छ ।‘रेस’ मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान शंकर (ईक), किरण केसीलगायत नयाँ कलाकार जियान र एजेश सैंजुको मुख्य भूमिका रहेको निर्माता यूनिटले जनाएको छ ।
मंसिर १ मा प्रदर्शन हुने यस चलचित्रलाई नेपालमात्र नभई विदेशमा पनी रिलीज गर्ने चलचित्रका निर्देशक तथा लेखक किशोर सुव्वाले जानकारी दिए । यस चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको संगीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द् तथा बिशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बु ,हस्त लिवाङ,सन्जीवकुमार लिङ्देन र राज सेम्बुगायतको संयुक्त लगानी रहेको छ भने पासाङ ह्याल्मो,रवीकुमार गुरुङ र रानी थाप्नुलगातको सह निर्मातामा रहेका छन् ।
‘रेस’ चलचित्र त्रिकोणत्मक प्रेमकथा र हास्य , द्धन्द्धको संगमको चलचित्र बनेको चलचित्रका निर्देशक तथा लेखक सुव्वाले जानकारी दिए ।
इलाम , मोरंग सुनसरी , झापा , काठमान्डौँ र दुवैलगायतका क्षेत्रमा छायाँकन गरिएकोे छ । ‘रेस’मा रहेको गित अहिले आम दर्शक तथा स्रोताले अधिकमात्रामा मन पराएको निर्माम पक्षको दावी रहेको छ ।