खबर पूर्वाञ्चल
बालबालिकाको प्रतिभा प्रस्टफुटन एवम दशैँ, तिहार र छठको महत्वका बारेमा बालबालिकालाई सहभागीता गराई सांस्कृतिक कार्यक्रम गरिएको हो । १० जना बालबालिका विभिन्न देवीको रुपमा सजिएकाल थिए भने सबैले हात हातमा देवीको फोटो समातेका थिए ।
कार्यक्रममा लिङगे पिङ, टाटनो, जातो, पिरा, दशैँ घर, जमरा प्रर्दशनी गरिएको थियो भने दशैँ तिहार तथा छठका चित्रकला समते प्रर्दशनी गरिएको थियो ।
नमुना देउसी र भेलो समेत खेलेर कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको अक्तिरित क्रियाकलापका शिक्षक राजन भटराइले बताए । यस्ता कार्यक्रमले गर्नाले बालबालिका भित्र लुकेर रहेको प्रतिभा उर्जागर हुने र अभिभावकहरुले पनि आफना नानीकोले गरेको क्रियाकलापले खुुशी हुने हुनाले हामीलाई उत्साह प्रदान भएको एभरेष्ट उच्च माध्यमिक विधालयका प्रिन्सिपल टिकाराम पुरी बताए ।
कार्यक्रममा नर्सरी, एल.के.जी.,यु.के.जी. र कक्षा १ का बालबालिका र तिनका अभिभावक शिक्षकको सहभागिता रहेको थियो ।