खबर पूर्वाञ्चल
मोरङ प्रहरीले आज विराटनगरमा पत्रकार सम्मेलन विभिन्न व्यक्तिहरुबाट ठगि गर्ने एक भारतीयसहित ठगिमा संलग्नलाई प्रहरीले सार्वजानिक गरेको छ । यसरी पक्राउ पर्नेहरुमा विराटनगर १५ का १९ वर्षिय भोला ठाकुर २१ वर्षिय विशालकुमार रोय सोही ठॉउका २० वर्षिय वसन्तकुमार पासवान २३ वर्षिय अजय मण्डल र भारत अररीया जिल्ला जोगवनी हरीजन कलौनी ५ का राजेशकुमार रामलाई सार्वजनिक गरेको हो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुणकुमार विसीका अनुसार विषेश सुराकीको परिचालन गरी उनीहरुलाई पक्राउ गरेको बताए । प्रहरीले पत्रकार सम्मेलनमा उनीहरुवाट वरामत ५६ हजार नगद विभिन्न कम्पनीका चार थान मोवाइल सेट २ थान इन्डियान सिम र एक थान नेपाली नागरिताको प्रमाण पत्रपनि सार्वजनिक गरेको छ ।