खबर पूर्वाञ्चल
स्थानीय युवाहरु अगुवाईमा ‘हाम्रो चेली बचाउ अभियान’ अन्तर्गत आज मताहारालाई एउटा घर निर्माण गरी आर्थिक प्रदान गरिएको छ । सो अभियान अन्तर्गत उर्लाबारी, पथरीशनिश्चरे र देश विदेशबाट सहयोग उठाई चौतारी सामुदायिक वनको कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पीडितलाई हस्तान्तरण गरिएको छ ।
३८ वर्षीय इन्दिरालाई विवाहपछि श्रीमान्ले छाडेको हुन् । उनी सो गाउँमा भाडामा बस्दै आएकी थिइन् । पीडितको दुःख देखेर स्थानीय युवाहरु पर्शुराम गुरुङको संयोजकत्वमा आर्थिक सहयोग संकलन सुरु गरिएको थियो । समितिले कूल १ लाख २० हजार ५ सय ४६ रुपैयाँ उठाएको थियो । पीडित इन्दिराको आफ्नै जग्गामा भएकोले घर निर्माण गर्न कूल ७८ हजार ७ सय ३० रुपैयाँ खर्च भएको समितिका कोषाध्यक्ष युवराज भण्डारीले जानकारी दिए ।
यसैगरी समितिले इन्दिरा महातारा आर्थिक सहयोग वापत २० हजार वितरण गरे । सोही कार्यक्रममा पथरीशनिश्चरे–२ कै पेटको क्यान्सर पीडित रत्नबहादुर विकलाई १५ हजार र मुटु रोगी चन्द्रबहादुदर विकलाई ६ हजार ८ सय १६ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । यसैगरी तीनै जना पीडितलाई युवाहरुको समूहले २५ केजी चामल र ३ केजी दाल पनि प्रदान गरेको छ ।