RUMPUM
animated ellipse animated ellipse

दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७४, शुक्रबार १८:३९
3
Shares
बिराटनगर, ६ असोज । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ ।

गीतकार विश्वराज राजबंशीको स्किृप्टमा गायकार कृष्ण भट्टराईले स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक÷श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको रुचिको गीत भएको छ ।

सधै व्यस्त हुने गायक भट्टराईको दसैँ–तिहार गीत विश्वराज राजवंशीले लेखेका हुन् भने शंकर थापा (स्माईल)ले संगीत भरेका छन् । सञ्जय बरालले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियो विकास धमलाले सम्पादन गरेका छन् । विशेषगरी गीतमा धेरै वर्षपछि परदेशिएकाहरू दसैँ–तिहारको चाड मान्न स्वदेश आएको र भरपुर मनोरञ्जन र आनन्द गर्ने भाव समेटिएको छ ।

लिङ्गेपीङ खेल्ने, टीका थापी आशिर्वाद लिने, देउसी÷भैलो खेल्ने, सेलरोटी खाने, नयाँ–नयाँ लुगा लगाएर केटाकेटीहरूसँग रमाईलो गर्ने भाव दशै–तिहार गीतले बोकेको छ । म्युजिक मेलोडीमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर