AArya
animated ellipse animated ellipse

सुरक्षीत महानगरपालिका अभियान थाल्यो विराटनगरले

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७४, शुक्रबार १८:३६
3
Shares
विराटनगर ६ असोज / विराटनगर महानगरपालिकाले सुरक्षीत महानगरपालिका अभियान शुरु गरेको छ ।

आज विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेर आधिकारिकरुपमा शुरक्षित महानगरको विगुल फुकेको छ । असोज १ गतेवाट सुरक्षित महानगरको तीनमहिने अभियान शुर भएको जनाउ गरेको महानगरले समयसिमा भित्रै उचित सुरक्षा प्रबन्ध मिलाइसक्ने दावी गरेको छ ।

प्रभातफेरी कार्यक्रममा शुरक्षा निकायका पदाधिकारी,विभिन्न सामाजिक संघ,संस्थाका प्रतिनिधि ,स्कूल र कलेजका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी विराटनगर महानगरको जलजलामोड,जिल्ला प्रशासन कार्यालय ,तिनपैनी चोक हुदै जिल्ला प्रहरी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा विराटनगर महानगरका मेयर भिम पराजुली,प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायतका बक्ताहरुले शान्त र समृद्ध महानगरको परिकल्पना गर्न महानगरबासीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर