पूर्वाञ्चल खबर
जनप्रतिनिधी निर्वाचित भएपछि पहिलो पटक खोला नाला ठेक्का लगाएको जिल्ला समन्वय समिति मोरङले कर्मचारीले लगाउदै आएको भन्दा दोब्बर मूल्यमा ठेक्का लगाएको हो ।
मोरङका जिल्ला सभापति नरेश पोखरेलका अनुसार गत बर्ष खोला नाला ठेक्का लगाउदा ८ करोड १२ लाख १५ हजार पाँच सय ५० रुपैयामा ठेक्का लगाएको थियो । तर चालु आर्थिक बर्षमा भने दोब्बर मूल्य १८ करोड २१ लाख रुपैयामा ठेक्का लगाएको हो । यस बर्ष मोरङको खोला नालाको ठेक्का भूमिकन्ट्रक्सनले पाएको छ । ठेक्काकालागि आवेदन दिएका ४ वटा कम्पनी मध्ये बढि रकम कबुल गरेको भूमिले ठेक्का पाएको हो ।
त्यस्तै गत बर्ष मोरङ जिल्लाबाट ढुङगा गिटी निकासीबाट ४ करोड ४२ लाख ९ हजार ९ सय ५६ रुपैयाँमा ठेक्का लागेको थियो । चालु आर्थिक बर्षमा ८ करोड ५१ हजार रुपैयाँमा ठेक्का लगाएको पोखरेलले जानकारी दिए । मोरङ जिल्लाको राजस्व संकलनको दरिलो आधार खोला नाला ठेक्काबाट नै हो । जनप्रतिनिधी नहँुदाको अवस्थामा कर्मचारीले चलाउँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी भएको तथ्याङकले देखाउँछ ।