AArya
RUMPUM
animated ellipse animated ellipse

इश्वर बचतको नाफा साढे तीन लाख बढी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ आश्विन २०७४, मंगलवार २१:२६
3
Shares
विराटनगर, ३ असोज / विराटनगर – ८ मा रहेको इश्वर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक २०७३/०७४ मा ३ लाख ७५ हजार ३ सय रुपैयाँ नाफा गरेको छ । मोरङको कटहरीमा रहेको जीवन विकास संस्थाको कार्यालयमा मंगलबार भएको ६ औं बार्षिक साधरण सभामा जानकारी गराएको हो ।

सहकारीले २ करोड १७ लाख ११ हजार ७ सय ८६ रुपैयाँ बचत गर्न सफल भयो भने सेयर पूजी १ करोड ८ लाख १२ हजार १ सय पु¥याएको सहकारीको कोषाध्यक्ष कैलाश कोइरालाले जानकारी दिए । सहकारीको कारोबार ४ करोड ८१ लाख ९९ हजार ४ सय ६७ रुपैयाँ रहेको छ । ३ करोड १६ लाख १८ हजार १ सय १९ रुपैयाँ कर्जा प्रभाव गरेको सहकारीले जनाएको छ ।

सहकारीले वार्षिक साधरणसभाको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानसमेत गरेको छ । २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका दुई जना छोरा छोरीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा आवासिय विद्यालयबाट उच्चतम अंक ल्याएर उत्तिण हुने सर्विना बस्नेत रहेकी छिन् । त्यस्तै कक्षा १२ मा विज्ञान संकयामा उत्कृष्ट अंक ल्याउने गोविन्द भट्टराई र निकिता पराजुलीलाई सहकारीलले सम्मन गरेको थियो ।

त्यस्तै उत्कृष्ट बाल बचतकर्ता प्रयुश घिमिरल, जेष्ठ नागरिकगायत विभिन्न क्षेत्रमा व्यक्तिलाई सहकारीले सम्मान गरेको थियो ।

सम्मानित हुनेहरुलाई जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, जीवन विकास संस्थाका कार्यकारी निर्देशक योगेन्द्र मण्डल, सहकारीका अध्यक्ष विरेन्द्रकुमार धाडेवाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर