CLASSICTECH NET

अरनीको पूर्व विद्यार्थी खतिवडाद्धारा छात्रवृत्तीको घोषणा

खबर पूर्वाञ्चल, २ आश्विन २०७४, सोमबार २१:०९

विराटनगर, २ असोज /  उर्लाबारी नगरपालिका – ८ राजघाटमा रहेको अरनीको उच्च माविमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि नेकपा एमालेका मोर्चा विभाग प्रमुख तथा सोही स्कूलका पूर्व विद्यार्थी रुपेश खतिवडाले छात्रवृत्तीको घोषणा गरेका छन् ।

स्कूल परिसरमा आज सोमबार कार्यक्रम आयोजना गरी सम्झौता पत्र बनाएर छात्रवृत्ती वितरण गर्ने खतिवडाले घोषणा गरेका हुन् ।

कक्षा १ देखि कक्षा १० सम्मका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुले छात्रवृत्ती पाउनेछन् । छात्रवृत्ती २०७४ को नयाँ शैक्षिक शत्रदेखि बितरण गर्ने सम्झौजा पत्रमा उल्लेख छ । खतिवडाले उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने प्रत्येक विद्यार्थीहरुलाई जनही नगद पाँचसय र पोशाक तथा स्टेशनरीको सामाग्री वितरण गर्ने छन् ।

सम्झौतापत्रमा स्कूलकोतर्फबाट प्राचार्य कोमलप्रसाद खतिवडा, व्यवस्थापन समितिको अध्यक्ष रुद्रबहादुर सुब्बा र खतिवडाले हस्ताक्षर गरेका छन् ।

एमाले मोरङको सचिवालय सदस्य समेत रहेका खतिवडा आउने प्रदेश चुनावमा पार्टीले मोरङको क्षेत्र नम्बर १ देखि संसदमा उठाउने चर्चा रहेको छ । स्थानिय माज निकै लोकप्रिय रहेका खतिवडाले एक नम्बर क्षेत्रमा विभिन्न सामाजिक कार्यदेखि विभिन्न गतिविधीहरु गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५