RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगर सुरक्षा अभियान सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ आश्विन २०७४, सोमबार २०:४६
3
Shares
विनु तिम्सीना
विराटनगर, २ असोज/ विराटनगर माहानगरपालिका र सुरक्षा निकायको संयुक्त प्रयासमा तीन महिने ‘सुरक्षित महानगरपालिका अभियान’ सुरु भएको छ । असोज १ गतेदेखि सुरु भएको सोमबार पत्रकार सम्मेलन गरी महानगर प्रमुख भीम पराजुलीले नगरलाई भयरहित र सुरक्षित बनाउनका लागि अभियान संचालन गरेको बताए ।

महानगर प्रमुख भीम पराजुली संयोजक रहेको सुरक्षा अभियानमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य सहसंयोजक रहेका छन् । समितिका अन्य सदस्यहरूमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नगरपालिका, नेपाल पत्रकार महासंघ, प्रहरी गण रानीका प्रमुखहरु रहेका छन् ।

४१ वटा विभिन्न अपराधका विषय छनौट गरि सुरक्षा अभियानमा काम गर्न विभिन्न ६ वटा उपसमिति पनि निर्माण गरिएको छ । समूह १ मा विभिन्न चोरीसँग सम्बन्धीत विषय राखिएको छ भने यो समूहको संयोजकको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी विष्णुहरि कोइराला रहेका छन् । यस्तै समूह २ मा सार्वजनिक स्थानमा हुने दुव्र्यवहार, यौनजन्य गतिविधि, बालबालिका, वेश्यावृी, साइबर अपराध रहेका छन् ।

यो समूहको संयोजकमा प्रहरी निरीक्षक जमुना बस्नेत तोकिएको छ । यस्तै समूह ३ मा गुण्डागर्दी, चन्दा असुली, लागू औषध दुव्र्यसन र कारोबार, वैदेशिक रोजगारमा हुने ठगी, अपराध नियन्णका लागि सिसिटीभी जडान लगायतका विषय समावेश गरिएको छ भने समूह ३ को संयोजक नगर प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौला तोकिएको छ ।

यस्तै समूह ४ मा सवारी साधनमा हुने भाडामा ठगी, खाद्य पदार्थमा हुने मिसावट, कालोबजारी, कृतिम अभाव, सरकारी कार्यालयमा हुने दलाली प्रथा, अस्पतालमा हुने ठगी, औषधिमा कालोबजारी, मानवीय अंग बेचविखनलगायतका विषय राखिएको छ । यो समूहको नेतृत्व जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले गर्ने छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदन गिरीको संयोजकत्वमा समूह ५ गठन गरिएको छ । जुन समूहले ट्राफिक व्यवस्थापन सम्बन्धी सम्पूर्ण विषयको उजुरी लिने र कारबाही गर्ने छ । यस्तै माहानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाको संयोजकत्वमा बनेको समूह नम्बर ६ ले सडकको नाला तथा ढल निर्माण, फोहोरमैला व्यवस्थापन, सडक र हटियाको व्यवस्थापन, खाल्डाखुल्डी पुर्ने लगायतको काम गर्नेछ । उपर्युक्त कामको लागि विषयगत कार्यालय प्रमुखहरुले अनुगमन, मूल्यांकन र प्रतिवेदन तयारी गरी आफ्नै कार्यालयमा पेश गर्नेछ ।

अभियान संचालन अवधिभर जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष पनि रहने बताइएको छ । अभियानको अवधिमा सम्पूर्ण सहयोगी कक्षहरूमा आउने उजुरीलाई अभिलेखीकरण गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउने गरी जिल्ला प्रहरी कार्यालयले सबै लिखित तथा मौखिक आएको उजुरीलाई अनुसन्धान विश्लेषण गरी कार्यान्वयनमा ल्याउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै आएका र गरिएको प्रगतिको विषयमा १५/१५ दिनमा समितिमा छलफल समेत गरिने अभियानका सदस्य सचिव तथा प्रहरी गण रानीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर