खबर पूर्वाञ्चल
सिएमजी स्वास्थ्य क्लब विराटनगरको आयोजनामा डिग्री क्याम्पसको खेलमैदानमा आज भएको खेलमा दमक भेट्रान क्लब लखनपुरलाई १–० गोलको अन्तरले पराजित गरी बिर्तामोड भेट्रान क्बल अन्तिम चारमा प्रवेश गरेको हो ।
जितसँगै बिर्तामोर्डले बुधबार पोखरीया भेट्रान क्लब विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा बिर्तामोड भेट्रान क्बलका मोहनकुमार गुरुङ्गले पहिलो हाफको २५ औं मिनेटमा वान भर्सेस वानको प्रहारले जालि चुम्यो । उनले गरेको निर्णायक गोलले टिमलाई सेमिफाइनलसम्मको यात्रातय गरायो ।
निकै रोमान्चक भएको प्रतियोगितामा दोस्रो हाफदेखि दमक भेट्रान क्लबले सुधारेको प्रदर्शन गरेपनि गोल गर्न सकेन । दुवै टिमका खेलाडीहरुले गोल गर्ने आधा दजर्न अवसरहरु चुकाए ।
दोस्रो हाफको २७ औं मिनेटमा दमक भेट्रान क्बलका प्रकाश मगरले वान भर्सेस वानको प्रहार बिर्तामोड भेट्रान क्लबका गोल रक्षक टंक धिमालले सानदार बचाए । दमकका खेलाडीहरुले बारम्बार गोल गर्ने अवसरहरु चुकाउँदा घर फर्किनु प¥यो ।
खेलको म्यान अफ द म्याच बिर्तामोड भेट्रान क्बलका निर्णायक गोल गर्ने खेलाडी मोहनकुमार गुरुङ्ग घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको मंगलबारको खेल आयोजक सीएमजी स्वास्थ्य क्बल र धरान भेट्रान क्बलबिच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष किशोर धमलाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया