खबर पूर्वाञ्चल
साउन अन्तिम साता आएको बाढीका कारण आफ्ना शैक्षिक सामाग्री गुमाएका विपन्न बालबालिका अध्ययनरत विद्यालयमा पुगेर अखिल मोरङले राहतस्वरुप शैक्षिक सामाग्री वितरण गरेको हो ।
आज विराटनगर हाटखोला स्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक कापी, बलपेन, पेन्सिललगायतका स्टेशनरी वितरण गरेको अखिल मोरङ अध्यक्ष गोकर्ण घिमिरेले बताए ।
एउटा विद्यार्थीलाई पिडा हुँदा सवै विद्यार्थी एक हुनु पर्छ भन्ने सन्देश प्रवाह गर्न पनि यो अभियान सार्थक भएको बताउँदै अध्यक्ष घिमिरेले जिल्लाका बाढी प्रभावित विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गरिने बताए ।
४ सय १५ जना विद्यार्थी रहेको सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा अधिकांश बालबालिका विपन्न समुदायका छन् । विद्यालयका सहायक प्रधानाध्यापक चक्रप्रसाद पोखरेलले विद्यार्थी विद्यार्थीबाट एक/दुई रुपैयाँ संकलन गरेर शैक्षिक सामाग्री वितरण गरेकोमा खुशि व्यक्त गरे । उनले विद्यालयमा अध्ययनरत बालबालिकालाई समेत यसबाट दुःख परेका बेला एकले अर्कालाई सहयोग गर्नु पर्छ भन्ने भावना जाग्नु पर्ने बताए ।