RUMPUM
animated ellipse animated ellipse

विराटनगर बसपार्कमा यात्रु सायता कक्षा सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७४, शनिबार १७:२८
3
Shares
विराटनगर, ३१ भदौ / यात्रुको सुबिधालाई ध्यानमा राखेर आजबाट विराटनगरमा यात्रु साहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

विराटनगर बसपार्कमा सञ्चालनमा ल्याइएको यात्रु सेवा कक्षको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उद्घाटन गरे । दशै तिहारमा यात्रुको चाप अत्यधिक बढ्ने भएकाले त्यसलाई व्यवस्थित गर्न र यात्रुलाई ठगिबाट जोगाउन यात्रु सहायता कक्षले काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदन गिरीले जानकारी दिए । यात्रु सहायता कक्षमा यातायात मजदुर, बस व्यवसायी, जनपद र ट्राफिक प्रहरीका एक–एकजना प्रतिनिधि राखिएको छ ।

सहायता कक्षले यात्रुको कुनै प्रकारको गुनासो आए त्यसलाई तत्काल व्यवस्थापन गर्नेगरी व्यवस्था मिलाइएको छ । यस्तै भीडभाडको समयमा अनाधिकृत ब्यक्तिहरुले यात्रुलाई भाडा दरमा ठग्ने गरेकाले समेत त्यस्ता ब्यक्तिलाई निगरानी र फेला परे कारबाही गरिने जनाइएको छ ।

यात्रु सहायता कक्ष छठ पर्वसम्मका लागि सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रममा मोरङका एसपी अरुणुकमार बिसी, सीमा सुरक्षा कार्यालयका एसपी भेषबहादुर शाह, यातायात सम्बद्ध रामबाबु पासवान, उत्तम बन्जारा र संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्केलगायतले शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर