AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाललाई फाइनल प्रवेशका लागि मलेसियले दियो १२२ रनको लक्ष्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७४, शनिबार १०:२५
3
Shares
विराटनगर,३१ भदौ / मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आज भएको सेमीफाइनलमा मलेसियाले नेपाललाई १ सय २२ रनको लक्ष दिएके छ ।

मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा १ सय २१ रनमा सिमित भयो ।
मलेसियाका नलिन डे सिल्भाले सर्वाधिक ३९ रनको योगदान दिए । विरेनदिप जगजित सिंहले २५ तथा मोहमोद इजातले १६ रनको योगदान दिए

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी एक्लै ५ विकेट लिए । उनले ८ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिएका दिए । त्यस्तै पवन सर्राफले २ विकेट लिए भने सन्दिप लामिछाने, साहब आलम र रोहितकुमार पौडेलले समान १–१ विकेट लिए ।

मलेसिया एक समयमा ६४–१ को अवस्थामा थियो जुन बेला दिपेन्द्र ऐरीले विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर