खबर पूर्वाञ्चल
सि.एम.जी स्वास्थ्य क्लब विराटनगरको आयोजनामा आज भएको खेलमा विन्दवासिनी भेट्रान क्लब विराटनगरलाई १–२ गोलको अन्तरले पराजित गरी बिर्तामोड भेट्रान क्लब विजयी भएको हो ।
निकै प्रितिस्पर्धात्मक भएको खेलको पहिलो हाफको ८ औं मिनेटमा बिर्तामोड भेट्रान क्लबका तोयाराम भूजेलले वान भर्सेस वानको प्रहारबाट गोल गर्दै टिमलाई अग्रता दिलाए । बिर्तामोड भेट्रान क्लबले गोल गरेको ८ मिनेटपछि बिन्दवासिनी भेट्रान क्लबले गोल गरी खेल बराबरीमा ल्याए । पहिलो हाफको १६ औं मिनेटमा बिन्दवासिनीका दुर्गा पोखरेलले प्रहार गरेको कर्नर किगलाई सदुपयोग गर्दै उतर खवासले डिबक्स भित्र हेड गरि सानदार गोल गरे ।
पहिलो हाफसम्म बराबरी भएको खेलमा दोस्रो हाफदेखि बिर्तामोडले बिन्दवासिनीलाई दबाबमा राखो । दोस्रो हाफको १२ औं मिनेटमा विन्दवासिनीका खेलाडीले डिबक्स भित्र फल खेलपछि फेलान्डी सुटआउट भएको थियो । पेलान्टी सुटआउटमा विर्तामोडका मोहनकुमार गुरुङले जाली चुमाउँदै टिमको जित सुनिश्चत बनाए ।
विन्दावसीनिका खेलाडीहरुले गोल गर्ने सुनौलो अवसरहरु खेर फाले । पहिलो हाफको १२ औं मिनेटमा विन्दावसिनीका सन्जिब बुढाथोकीले वान भर्सेस वानको प्रहार पोसमाथिबाट बाहिरीयो । विर्तामोडका खेलाडीहरुले पनि गोल गर्ने अवसरहरु चुकाएका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच बिर्तामोड भेट्रान क्लबका तोयाराम भूजेल घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको शनिबारको खेल चन्द्रगढी भेट्रान क्लब र हाटखोला भेट्रान क्लब विराटनगर बिच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष किशोर धमलाले जानकारी दिए ।