animated ellipse animated ellipse

सम्वृद्धि अभियान नौ जिल्लामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०७४, बुधबार २१:३१
3
Shares
बिनु तिम्सिना
विराटनगर, २८ भदौ / नेपाल उद्योग बाणिज्य महासंघले संचालन गरेको सम्वृद्धि आयोजना कार्यक्रममा पूर्वका नौ जिल्ला शाखाहरुले सम्झौता गरेका छन ।

उद्योग मन्त्रालय र दातृ निकायको सहयोगमा निर्माण भएको सम्वृद्धि कार्यक्रमको बुधबार नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कोशी सगरमाथा कोरिडोर का नौ जिल्ला शाखाहरुले संचालनकालागि सम्झौता गरेका हुन ।

बुधबार बिराटनगरमा अयोजित औपचारिक कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणा र संवृद्धि आयोजना प्रमुख सरोजप्रसाद गुरागाँइले जिल्ला शाखाहरुलाई कार्यक्रम संचालन गर्ने सम्झौता पत्र संयुक्त रुपमा हस्तान्तरण गरे ।

जिल्ला शाखाहरुलाई सम्झौता पत्र हस्तारण गर्दै उद्योग बाणिज्य महासंघ केन्द्रिय अध्यक्ष भवानी राणाले देशको आर्थिक बिकासकालागि परियोजना फलदायी देखिएको बताए ।

आयोजना असफल भए दातृ निकाय र नेपाल सरकार मात्र नभै उद्योग बाणिज्य संघ पनि असफल हुने बताउँदै उहाले शाखाहरुलाई सक्रृय भएर लागिपर्न आग्रह गरिन । कार्यक्रम संचालन गर्नकालागि पुर्वको मोरङ , सुनसरी , धनकुटा , तेह्रथुम , भोजपुर , खोटाङ अनि सिरहा र सप्तरी जिल्लाले सम्झौता गरेका हुन् ।

अरु देशमा रोजगारीका लागि जाने युवाहरु उत्पादन गर्ने कारखाना बनिरहेको अवस्थामा यो आयोजनाले नेपालको ग्रामीण क्षेत्रमा साना मझौला उद्योगको विकास गर्ने आशा राखिएको छ । संबृद्धि कार्यक्रमले गरिवि निवारणमा समेत महत्वपुर्ण भुमिका खेल्ने र गाउँ गाउँमा आर्थिक बिकासको लहर ल्याउने आयोजनाका निर्देशक डा दिनेशप्रसाद पराजुलीले बताए ।

व्यवसायीक रुपले रोजगारी सृजना गरि आयआर्जन बढाउन , युवाहरुलाई बैदेशिक पलायन हुनबाट रोक्ने , ठूला र साना उद्योगहरु बिच सम्बन्ध स्थापित गराई उत्पादन बढाउने अनि बैदेशिक रोजगारबाट भित्रिएको बिप्रेषणलाई उत्पादन मुलक क्षेत्रमा लगाउने उद्देश्य लिएर उद्योग मन्त्रालयले दातृ निकायको सहयोगमा संबृद्धि आयोजना निर्माण गरेको हो ।

७ बर्षकालागि ७ अर्ब लगानी रहेको उक्त्त कार्यक्रमलाई हाल दुई नम्बर प्रदेश अन्र्तगतको जनकपुर करिडोर र एक नम्बर प्रदेश अन्र्तत कोशी सगरमाथा करिडोरमा संचालन गरिएको छ । संबृद्धि आयोजना संचालन गर्न उद्योग मन्त्रालय र उद्योग बाणिज्य महासंघ बिच २०७४ असारमा सम्झौता भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर