खबर पूर्वाञ्चल
जिल्ला ट्राफिक कार्यालय मोरङको सहकार्यका पथरीशनिश्चरे र कानेपोखरी गाँउपालिका अन्तरगत महेन्द्र राजमार्ग आसपासमा भएका अबेवस्थित फुटपातका पसल हटाउने र राजमार्ग दायाँबायाँ ८२ फिट कायम गर्नको लागि अन्तरकृया गरेको छ । पथरी ट्राफिक कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रम शडक दुर्घटना न्यूनिकरण किन, के कालागी र कस्कालागी भन्ने बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिराटनगरका प्रहरी निरिक्षक मदन गिरीले जानकारी दिए । ट्राफिक कार्यालयको भवनमा भएको कार्यक्रममा पथरीका ब्यापारी, समाजसेवी, राजनिती दल, सवारी ब्यावसायी, सवारी चालकलगायत नगर प्रमुख र उपप्रमुखको उपस्थिती थियो ।
सडक सफाई र दुर्घटना न्यूनिकरण सम्भन्धी स्थानिय सामजसेवी, राजनितीकदल, ससर्वसाधारण, व्यापारी र चालकहरुले दुर्घटनाका समस्या र समधानको बिषयमा बोलेका थिए भने मेयर दिलिपकुमार राईले जन समुदायबाट आएका सहजिकरणका बिसयमा नगरपालिका सधै सकारत्मक रहेकोले कुरा जानकारी दिए ।
बिभिन्न संघ सस्थाका प्रतिनिधि, बुद्धिजीवी, जनप्रतिनिधीको भेलाले बडादशै, तिहार र छैट पर्व पछाडि ट्राफिक कार्यलय पथरी, पथरी उध्योग बाणिज्य संघ र नगरपालिका, गाउपालिकाको अगुवाईमा ७ दिने सुचना प्रसारितगरी पुर्ण सरसफाई गरिने भएको छ ।