खबर पूर्वाञ्चल
५४ सदस्यीय मन्त्रीमण्डल गठन गरेर विवाद र चर्चामा आएका प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार अझै मन्त्रीमण्डलको विस्तार गर्न आफू तयार रहेको बताएका हुन् । मन्त्रिपरिषद्को विस्तारको अधिकार आफूमा सुरक्षित रहेको चर्चा गर्दै उनले टीका टिप्पणी गर्न सबै अधिकार सम्पन्न रहेको प्रतिक्रिया दिए ।
मन्त्रिपरिषद्को विस्तारका बारेमा निर्वाचन आयोगले नै आचार संहिताको प्रश्न उठाएको छ, के विस्तार फिर्ता हुन्छ भन्ने जिज्ञाशामा उनले अब फिर्ताको कुनै सम्भावना नै नरहेको र यही मन्त्रिमण्डल कायम रहने जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले प्रजातान्त्रिक पार्टीमा मतभेद र टीका टिप्पणी भइरहने बताउँदै कार्यवहाक कस्लाइ बनाउने भन्ने विषय आफ्नो अधिकार भित्रको कुरा भएकाले कसैले टिप्पणी र आपत्ति जनाउँदैमा केहि फरक नहुने बताएका छन् ।