RUMPUM
animated ellipse animated ellipse

झापा विजयी हुदै अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ भाद्र २०७४, मंगलवार १९:०४
3
Shares
पथरी, २७ भदौ  / मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप २०७४ अन्तरगत आज भएको खेलको दोस्रो हाफको २४ मिनेटमा बिर्तामोडका खेलाडीले राष्टिय जागृतीका समीर राईलाई फल गरेपछी मेडिकलका डाक्डर बाहिर ननिस्की रेफ्रि मधुकर आचार्यले खेल खेलाए भन्दै जागृतीका प्रशिक्षक श्याम मान्नधरले उजुरी गर्दा प्रशिक्षक मान्नधरमाथी आयोजकका मिलन राईले हात पात गरे । प्रशिक्षक मान्नधरलाई राईले फोर्थ अफिसियल बसेकै स्थानमा ३ मुक्का प्रहार गरेपछी खेल ८ मिनेट रोकिएको थियो ।

विवादस्पद खेलमा बिर्तामोड युनाईटेड क्लव झापा बिजयी अन्तिम चारमा प्रवेश गरेको छ । झापाले राष्टिय जागृती क्लव सुनसरीलाई शुन्यका बिरूद्घ २ गोल गर्दै पराजित गर्दै बिर्तामोड युनाईटेड अन्तिम चार प्रवेश गरेको हो ।

सम्पुर्ण झापा ११ का खेलाडीले भरिएको बिर्तामोड युनाईटेडका आशिश चापागाईले दोस्रो हाफको ७२ मिनेटमा गोल गर्दै खाता खोले भने खेलको ७६ मिनेटमा बुद्ध चेम्जोङको अर्काे गोल गर्दै दुई गोलको अग्रता बनाए । खेलमा त्यस पछी कुनै गोल नभए पछि खेल झापा युनाईटेडले शुन्यका बिरुद्ध २ गोल गर्दै बिजयी भएको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपछी दोस्रो हाफमा झापाले अग्रता लिएको हो । राष्टिय जागृतीले गोल गर्ने धेरै मौका पाए पनि गोल गर्न चुकेको थियो ।

सोहि खेल मैदानमा राष्टिय लिग हुदा थ्रि स्टार र मोरङ बिचको खेलमा सुदिश पाण्डेले दर्शकको कुटाई खाएका थिए ।

आजको म्यान अफ द म्याच झापाका आशिश चापागाई घोषित भए । भोलि बुधबारको खेल जि.बि. रवर मंगलबारेका बिरुद्ध विराट एकेडेमी बिराटनगर मोरङको बिचहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार