animated ellipse animated ellipse

राजस्व विभागले सहयोग गरेन- आपूर्तिमन्त्री

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ भाद्र २०७४, शनिबार १३:०६
3
Shares
फाइल तस्वीर
विनु तिम्सिना
विराटनगर, २४ भदौ/ आपूर्तिमन्त्री शिवकुमार मण्डलले बजार अनुगमनका लागि राजस्व विभागले आवश्यक सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

विराटनगर विमानस्थलमा आज विहान संचारकर्मीसँग कुरा गर्दै मन्त्री मण्डलले संयुक्त अनुगमन गर्ने आपूर्ति मन्त्रालयको प्रस्तावमा राजस्व विभागले नमानेको बताए । ‘बजार अनुगनका लागि संयुक्त टोली बनाएर जाऔं, सत्य तथ्य के हो दुवै मन्त्रालयलाई थाहा हुन्छ भनेर आपूर्ति मन्त्रालयले प्रस्ताव राख्यो,’ मन्त्री मण्डलले भने, ‘राजस्व विभागले त्यति चासो दिएन ।’

आपूर्ति मन्त्रालयको मातहतमा रहेको कानूनी व्यवस्था अनुसार नै गरिएको अनुगमनप्रति अर्थमन्त्रालय वा अन्य कोहीले असन्तुष्ट हुनुपर्ने कारण नरहेको बताए । ‘आपूर्ति मन्त्रालयले कानून अनुसार नै अनुगमन गरेको हो,’ मन्त्री मण्डलले भने, ‘कानूनले दिएको अधिकार भन्दा बाहिर गएर अनुगमन गरेको होइन ।’

राजधानीका विभिन्न पसल अनुगमनका क्रममा जनता र राज्यलाई ठगी गरेको पाइएकाले शिलबन्दी गरेको जानकारी दिँदै उहाँले राज्य र जनता ठग्नेलाई कालोबजारी ऐन अन्तर्गत हदैसम्मको कारबाही गरिने बताए ।
अर्को प्रसंगमा मन्त्री मण्डलले आयल निगमका प्रमुख गोपाल खड्काले गरेको अनियमितताको विषयमा मन्त्रलायले आवश्यक अनुसन्धान गरेर प्रतिवेदन सार्वजनिक गर्ने बताए ।
मन्त्रालयले प्रतिवेदन दिइनसकेको कारण अहिलेनै मन्त्री अनुसन्धानबाट भाग्यो भनेर आत्तिन नहुने बताउँदै मण्डलले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर