animated ellipse animated ellipse

अपराध रोक्न स्पेशल टाक्सफोर्स

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०७४, बिहीबार १७:२५
3
Shares
फाइल तस्वीर
विराटनगर, २२ मदौ/ विराटनगर महानगरक्षेत्र भित्रहुने अपराधिकक्रियाकलाप नियन्त्रण गर्न स्पेशल टाक्स फोर्स निर्माण गरिएको छ । ठूला ठूला देखि साना सानाअपराध समेत नियन्त्रण गर्नेगरी पाँच वटा स्पेशल टाक्स फोर्स निर्माण गरेर अपराध न्युनिकरण अभियान शुरु गरिएको हो ।

टाक्स फोर्सले अपराधहुननदिन र भए तुरुन्त कारवाही प्रकृया अगाडी बढाउने काम गर्ने छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजलुलीको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अधिकारकमीलगायत सम्बन्धीत क्षेत्रको विज्ञ राखी ११ सदस्य रहने टोली निर्माण गरी पहिलो चरणमा तिनमहिने अभियान सञ्चालन गर्न लागिएको हो ।

विराटनगर महानगर पालिकाका प्रमुख पराजुलीले विराटनगरमा हुने ३२÷३३ प्रकारका अपराधलाई पहिचान गरी पाँच भागमा विभाजन गरेर नियनत्रणमाकालागि सोही अनुसारको टाक्स फोर्स निर्माण गरिएको बताए ।

आगामी असोज १ गतेदेखि कालोबजारी होस वा एटियममा ठगी, कुटपिट, बसमा हुने अपराध होस वा महिला हिसा जस्ता जुन सुकै अपराधमा पनि कमी ल्याउने र अपराधमा संलग्नलाई तुरुन्त पक्राउ गरी कारवाही गर्ने प्रकृया बढाउने काम टाक्स फोर्सले गर्ने छ ।

यसकालागि ठुलो सङख्यामा सिभिल प्रहरी परिचालन गरिने समेत प्रमुख पराजुलीले बताए । विराटनगरमा बढ्दो चोरी, हत्या, महिला हिसा, कालोबजारी बढ्दै गएको भन्दै प्रमुख पराजुलीले भने ‘सिभिलमा प्रहरी खटाउने भएकोले अपराध गर्ने मनाशाय बनाएको ब्यक्तिले छेउमा हिडिरहेको ब्यक्ति देख्दा पनि टाक्स फोर्सको ब्यक्ति हो भन्ने महशुष गरोस भन्ने हाम्रो उदेश्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर