खबर पूर्वाञ्चल
तीन दिनसम्म मनाईने यो पर्वको मुस्लिम समुदायमा छुट्टै महत्व छ । तीर्थाटन र बलिदानको पर्वको रुपमा मनाइने यो पर्व मुस्लिम समुदायका व्यक्तिहरू बिहान इदगाहमा सामूहिक नमाज पढेर आफ्नो गक्ष अनुसार पर्व मनाउन तल्लिन छन् ।
यो पर्वमा हज (तीर्थ) र कुर्वानी (बली) गर्नु पर्ने प्रमुख विषेशता छ । बकर ईदमा इस्लाम धर्मावलम्वीका लागि हज र कुर्वानी अनिबार्य भएकोले मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि गक्ष अनुसारको पशु वली कुर्वानी दिने प्रचलन रहेको मुस्लिम धर्मगुरुहरू बताउँछन् ।
मुस्लिम समुदायले यो पर्वमा राँगा, खसी बाख्रा, भेडा, उँटको कुर्वानी दिने चलन छ । कुर्वानी दिएको जनावरको मासु तीन भागमा बाँडेर एक भाग आफ्नो परिवारमा, एक भाग आफन्त तथा छरछिमेकमा र एक भाग विपन्न तथा गरिवलाई बाँड्नै पर्ने चलन रहेको छ । बकरईदको नमाज पढेलगत्तै गरिब, टुहुरालाई दान दिने र खाने कुराहरु खुवाउने गरिन्छ । मुस्लिम समूदायले यस पर्वका अवसरमा समेत साउदीको मक्का मदीनामा हज गर्न जाने गर्दछन् ।