खबर पूर्वाञ्चल
प्राचार्य टिकाराम पुरीका अनुसार अहिलेसम्म त्यतिधेरै अंक ल्याएर अरु विद्यार्थी उत्तिर्ण भएको नपाइएकाले सुनिधि नै नेपाल प्रथम भएको दावि गरे । यसअघि कक्षा ११ को परिक्षामा पनि केसीले ८७ दशमलव २ प्रतिशत अंक ल्याउँदै नेपाल प्रथम भएकी थिइन् । सो विद्यालयबाट व्यवस्थापन संकायमा परिक्षा दिएका सवै विद्यार्थी बिशिष्ट र प्रथम श्रेणीमा उत्र्तिण भएका पुरीले जानकारी दिएका छन् ।
यसअघि विज्ञान विषयको कक्षा १२ को नतिजा मा पनि एभरेष्ट उच्च मावि प्रदेश नम्बर १ मै उत्कृष्ट नतिजा ल्याउने विद्यालय भएको थियो । विद्यालय व्यवस्थापन र शिक्षकहरुको अथक मेहनतले विद्यालयले राम्रो नतिजा हासिल गरेको प्राचार्य पुरीले बताए ।
विद्यालयको नतिजाले अभिभावकहरु समेत उत्साहित भएका छन् । नेपाल प्रथम भएकी सुनिधि केसीले आमा सरु केसीले विद्यालय र शिक्षकको परिश्रमले विद्यालयको नतिजा उत्कृष्ट आउनुको मुख्य कारण रहेको बताइन् ।