RUMPUM
animated ellipse animated ellipse

डा. केसीको आन्दोलनप्रती ऐक्यबद्धता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०७४, शुक्रबार १६:०२
3
Shares
विराटनगर, २७ श्रावन/महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्राध्यापकहरुले डाक्टर गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाएका छन् ।
नेपाली शिक्षण विभागका प्राध्यापकहरूले अनशनरत डाक्टर गोविन्द केसीको आन्दोलन प्रती एक्यबद्धता जनाएका हुन । प्राध्यापकहरूको तर्फबाट नेपाली शिक्षण विभागका अध्यक्ष बाबुराम तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा बिगत छ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डाक्टर केसीसँग बिगतका सरकारले पटक पटक सम्झौता गरेपनि ति सम्झौता कार्यान्वयन नगर्नु लज्जास्पद र गैरजिम्मेवार भएको बताइएको छ ।
डाक्टर केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने कार्य गर्दै राज्यसत्ताबाट प्रजातन्त्रको धज्जी उडाउने काम भएको भन्दै यसलाई अबिलम्ब रोक्न माग गरिएको छ ।
चिकित्सा शिक्षालाई जनहितका निम्ती व्यवस्थित गर्ने कानुनको माग गर्नु, चिकित्सा शिक्षालाई नाफामुलक व्यवसायको रूपमा प्रयोग गर्नबाट रोक्न खोज्नु, दूर दराजमा चिकित्सा शिक्षाको पहुँच पु¥याउनुपर्ने डाक्टर केसीको माग स्वागतयोग्य भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर