RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा राधाकृष्ण प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०७४, शुक्रबार १५:५९
3
Shares
विराटनगर, २७ साउन / विराटनगरको हाटखोलामा रहेको ग्रेडेड बोर्डिङ स्कूलले कृष्णजन्मअष्टिको अवसर पारेर राधाकृष्ण पहिरन प्रतियोगिता आयोजना गरेको छ ।
स्कूल परिसरमा आज एक कार्यक्रमको बिच बिगत ६ वर्षदेखि निरन्त रुपमा गर्दै आएको प्रतियोगितलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
उक्त प्रतियोगितामा आ– आफ्नो छोरा छोरीलाई उत्कृष्ट बनाउन अभिभावकहरुले राधा र कृष्णको भेषभूषामा आकर्षण बनाएर ल्याएका थिए । त्यही बिचबाट जसले राम्रो डे«सअप, मेकअप, प्रस्तुती गरे उनीहरुको बिचबाट उत्कृष्ट राधाकृष्णको जोडी छनौट भएको स्कूलले जनाएको छ ।
राधाकृष्ण पहिरन प्रतियोगिताको जेकेजितर्फको प्रथम सरेसा खड्का र लोमन साहको जोडी प्रथम भए । लोमन साह र रुपा यादवको जोडी द्धितीय भए । त्यस्तै नर्सरीतर्फको प्रथम इसीका यादव र हेमन्त राजवंशी प्रथम घोषित भए भने द्धितीय अर्जुनबावु तिवारी र आयसा कामत भए । तृतीय सुजत निरौला र आरध्या कार्की भए । त्यस्तै एसकेजीतर्फको प्रथम पुष्पमणी दाहाल र रेचल थापा भए भने द्धितीय यमनकृष्ण सिंह र श्रया दाहाल भए । तृतीय एलेस न्यौपाने र रुपा यादव भएका छन् ।
त्यस्तै प्रस्तुती कार्की राधा घोषित भइन् भने फस्ट रनरअप श्रृती निरौला तथा सेकेण्ड रनरअप नियमिका गुरुङ्ग भएकी छिन् । विजयी हुनेहरुलाई स्कूलले आकषर्ण ट्रफि वितरण गरेको थियो ।
राधाकृष्ण जन्मअष्टिको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा ५५ जना साना बालबालिकाहरुको सहभागिता रहेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । उनका अनुसार पर्वसँगै साना विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गर्न यस्तो कार्यक्रम राम्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार