खबर पूर्वाञ्चल
२६ श्रावण २०७४, बिहीबार १५:५८
गोपाल काफ्ले
पथरी, २६ साउन /चिकित्सा क्षेत्रको सुधारको माग राखि अनसनरत डा. गोविन्द केसी को माग प्रति वेवास्ता गरेको भन्दै उनको जिवन रक्षाको लागि नेपाल जेसीज ले सरकार समक्ष समक्ष्य आग्रह गरेको छ ।
११ औ पटक अनसनमा बसेरका डा. केसीको १७ दिनदेखि अनसनमा छन । डा. केसीको स्वास्थ्य अबस्था नाजुक भएको भन्दै उनको जिवन रक्षाको माग नेपाल जेसीजले गरेको छ ।
आज नेपाल जेसिजले डा. केसीको समर्थन गर्दै पथरीशनिश्चरेमा दिप प्रज्वलन गरेको छ ।
बिहिवारै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारी र महासचिव भरत प्रसाईले सयुक्त बिज्ञप्ति जारी गरी जिवन रक्षाको माग गरेक हो ।
चिकित्सा शिक्षा ऐनको लागु गरी त्यस्लाई तुरुन्त कार्यन्वयन गर्न माग समेत जेसीजले माग गरेको छ ।
दिप प्रज्वलन कार्यक्रमा बोलदै नेपाल जेसिजका मिडिया चियरमेन दिपेन्द्र तिम्सीनाले यदी तुरुन्त माग पुरा नगरे डा. केसी अनसन रहिरहन ुपरे देशभरि १ सय ४० वटा शाखा रहेका यूवा सञ्जाल नेपाल जेसीजले देशब्यापि एकैसाथ आन्दोलन गर्ने चेतावनी समेत भएको जानकारी दिए ।
मोरङको पथरीमा रहेको पथरी जेसीजले आजै बेलुकी ६ बजे लोकतान्त्रिक चोकमा पहिलोपटक चेतावनि स्वरुप केसिको जिवन रक्षाको माग गर्दै पथरीमा दिप प्रज्वलन गरेको हो । पथरी जेसिजका अध्यक्ष यादवचन्द्र दुलाल, सस्थापक अध्यक्ष अशोक शंकरल, नेपाल जेसिजका मिडिया चियरमेन दिपेन्द्र तिम्सीनालगायतले संबोधन गदै दिप प्रज्वलन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?