ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महेन्द्र मोरङ आउदै राष्ट्रपति भण्डारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०७४, बिहीबार १५:४७
3
Shares
विराटनगर, २६ श्रावन/ राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगर स्थीत महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको निरिक्षण गर्ने गर्ने भएकी छिन् ।
क्याम्पसले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै आगामी साउन ३१ गतेका दिन राष्ट्रपति भण्डारी आउने जानकारी दिएको हो । राष्ट्रपति भण्डारीले अध्ययन गरेको क्याम्पसको निरिक्षण गर्ने इच्छा देखाएपछि ३१ गते आउनको कार्यक्रम तय भएको हो ।
राष्ट्रपतिको स्वागत तथा सम्मानका लागि २ सय ७५ सदस्यीय मुल समारोह समिति र विभिन्न ७ उपसमिति समेत गठन गरिएको छ ।

क्याम्पस प्रमुख प्रा.डा. महेन्द्रनारायण यादवले क्याम्पसको अवलोकन भ्रमणमा आउन लाग्नु भएकी राष्ट्रपति भण्डारीको स्वागतका लागि भब्य तयारी भइरहेको जानकारी दिए ।

राष्ट्रपति भण्डारीले सोही क्याम्पसबाट मानविकि संकायमा इतिहास र राजनितिक शास्त्रबाट स्नातक उतिर्ण गरेका थिए ।

राष्ट्रपति भण्डारी वि.सं. २०३९ सालमा भएको स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्ववियूका तर्फबाट कोषाध्यक्षमा निर्वाचीत भएकी थिइन ।

सो बेलामा स्ववियू सभापतिमा भरतराज पोखरेल र सचिवमा भुराज राई निर्वाचीत भएका थिए । राई हाल उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजबादी फोरमको केन्द्रीय सदस्य छन् ।

राष्ट्रपति भण्डारी एसियाकै ठुलो रथयात्राका दिन विराटनगर आउने र क्याम्पसको अवस्थाको विषयमा पनि बुझ्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर