खबर पूर्वाञ्चल
विराटनगर, २४साउन / स्थानीयहरुको जनगुनासो सुन्न सवै वडामा जाने कार्यक्रम अनुरुप विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले स्थानीयसंग वडा भेटघाट कार्यक्रमलाई सशक्त बनाएका छन् ।
आज मेयर पराजुलीले वार्ड नं. १६ का स्थानीयवासीहरुसंग भेटघाट गरेका छन् । कार्यक्रममा स्थानीयले बाटोको समस्या ,ढल निकास नभएको,सुकुम्वासी समाधान गर्नु पर्ने,विजुलीका पोलमा बत्ति नबलेको ,भएका विकास निर्माणका कामहरु गुणस्तरहिन भएकाले अनुगमन गर्नु पर्ने लगाएतका माग राखेका थिए ।
तत्काल हुन सक्ने र गर्न सकिने जनताका मागलाई पुरा गर्ने आश्वासन मेयर पराजुलीले दिएका थिए । कार्यक्रममा विराटनगर १६ नं. वार्डका वडाअध्यक्ष मनोज सुव्वा ,नेपाली कांगे्रस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने,सदस्य लोकेन्द्र तिम्सिना,तरुणदल नगर सभापति सन्तोष न्यौपाने ,वुथ सभापति लक्ष्मि मण्डल लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया