animated ellipse animated ellipse

एभरेष्टका अनिस पूर्वाञ्चल प्रथम भएको दावि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ श्रावण २०७४, सोमबार १५:०६
3
Shares
विराटनगर, २३ श्रावन / विराटनगर ५ स्थित एभरेष्ट उच्च मा.वि. विराटनगरले यस बर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । देशभरमा नै उत्कृष्ट विद्यार्थी उर्तिण गराउदै आएको एभरेष्टले यस बर्ष कक्षा १२ मा ८२ विद्यार्थी मध्ये विशिष्ट श्रेणीमा ५९, प्रथम श्रेणीमा २३ जना उर्तिण गराएको छ ।
विद्यालय र विद्यार्थीको नतिजा निरन्तर उत्कृष्ट आएको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले बताएका छन् । प्रिन्पिल पुरीले एभरेष्ट उच्च मा.विमा अध्ययनरत विद्यार्थी अनिस भण्डारीले पूर्वाञ्चल प्रथम गरेको दावि गरेका छन् । अहिले सम्म यति धेरै प्रतिशत अंक ल्याएर साइन्समा कुनै विद्यालयले उतिर्ण भएको दावी नगरेकाले अनिस भण्डारी नै पूर्वाञ्चल प्रथम भएको प्रिन्पिल पुरीको भनाई छ ।
यस अघि विभिन्न शैक्षिक सँस्थाले आफ्नो विद्यार्थी उत्कृष्ट भएको दावि गरे पछि विद्यालयले अनिस उत्कृष्ट भएको दावि गरेको हो । यस अघि एभरेष्टमा अध्ययनरत सुनिधि के.सी कक्षा ११ मा देश भरकै उत्कृष्ट विद्यार्थी भएर उर्तिण भएकी थिइन ।

परीक्षाको अन्तिम परिणाममा कक्षा ११ र १२ दुवैको प्रतिशत जोडिने भएकाले अनिस उत्कृष्ट विद्यार्थी भएको प्रिन्सिपल पुरीले दावी गरे । उनका अनुसार अनिसले कक्षा ११ मा ८८.८० प्रतिशत र १२ कक्षामा ८३.८० प्रतिशतलाइ जोड्दा ८६.३० प्रतिशत हुन्छ । जुन अंक पूर्वाञ्चल टप भएको पुरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर