AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आपूर्तिमन्त्री मण्डलले भने ‘मर्न तयार भएको मान्छे किन डराउनु ?’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ श्रावण २०७४, सोमबार १५:०१
3
Shares
‘विराटनगर, २३ साउन/ आपूर्तिमन्त्री शिवकुमार मण्डलले जग्गा खरिद प्रकरणमा दोषि देखिएका जो कोहीलाई कारबाही गर्ने प्रतिबद्धता पुनः दोहो¥याएका छन् ।
विराटनगरमा आज प्रेस सेन्टर मोरङले गरेको बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै मण्डलले आफूलाई पार्टीका नेता तथा मन्त्रीहरुले सहयोग गरेका कारण खुट्टा नकमाइ अगाडि बढ्ने बताएको हो । ‘आयल निगमको डिपोको लागि जग्गा खरिदका लागि काहिं न काहीं समस्या भएको देखिएको छ,’ मन्त्री मण्डलले भने, ‘छिट्टै मन्त्रालयको तर्फबाट कुनै स्टेप चाल्ने सोचेको छु ।’
लेखा समितिले कारबाहीको लागि निर्देशन दिइसकेको, अर्थसमिति र संसदीय समितिले छानविन गरिरहेको भएको कारण मन्त्रालयले अन्य कुनै छानविन समिति बनाउनु आवश्यक नदेखिएको मण्डलको भनाइ छ । ‘संसदीय समिति र अर्थसमितिले छानविन गरिरहेको छ, लेखा समितिले त किटेरै कारबाही गर्नु भनेको छ,’ मण्डलले भने ।
चितवन र सर्लाहीको जग्गा एउटै ठेकेदारले जग्गा खरिद गर्नु, स्थानीय मूल्य भन्दा अत्याधिक मूल्यमा जग्गा खरिद गरेको कागज पत्र मिलाउनुमा काही न काही समस्या देखिएको मण्डलले बताए । ‘यो विषय लामो र ठूलो तयारीका साथ गरिएको देखिएको छ,’ मण्डलले भने , ‘चितवन र सर्लाहीकोे जग्गा त एउटै ठेकेदारले खरिद गरेको देखिएको छ ।’ आफू मर्न देखि नडराएको मान्छे कारबाहीबाट पर नभाग्ने मण्डलले बताए ।
कालोबजारी विरुद्ध कानून शंसोधनको तयारी
मन्त्री मण्डलले अत्यावश्यक वस्तुको कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्नका लागि आवश्यक कानून संशोधनको तयारी भइरहेको बताए । ‘अनुगमन र कारबाहीको विषयमा सरकारी निकायबीचमै देखिने विवाद समाधानका लागि पनि कानून मिलाउनु पर्नेछ,’ मण्डलले भने, ‘कृतिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने विरुद्ध कडा दण्ड र सजायको व्यवस्था गर्ने गरी कानून संशोधन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर