खबर पूर्वाञ्चल
२१ श्रावण २०७४, शनिबार १४:५६
विराटनगर, २१ साउन/ विराटनगर– २ मा रहेको बुढानिलकण्ठ अंग्रेजी माविले शैक्षिकसत्र २०७४ को पहिलो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको अवसर पारेर सेभ द इन्भारमेन्ट नारा सहित विभिद कार्यक्रम गरेको छ ।
कार्यक्रममा विद्यार्थीले निर्माण गरेका सामाग्रीहरु प्रर्दशनीमा राखिएका थिए । प्रदर्शनीमा कक्षा ५ देखि कक्षा १० सम्मका स्वत स्फुर्त निर्माण गरेका सामाग्रीहरुको विभिन्न स्टलमा छुट्याएर राखेका थिए । स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले प्रर्दशनीलाई सफल पार्न विषेश भुमिका निर्वाह गर्ने शिक्षक शिक्षिका विनोद चौधरी, सबिता बराल र मन्जु श्रेष्ठलाई धन्यावाद व्यक्त गर्दै प्रदर्शनीमा सहभागिहरु मध्येबाट उत्कृष्ठ समुहलाई प्रमाणपत्र र पुरस्कार दिने घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?